काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ। हालसम्म पाँच पदाधिकारी निर्वाचित भएका छन्।


ADVERTISEMENT


सार्वजनिक मतपरिणामअनुसार महिला उपसभापतिमा सोबिता गौतम ७८९ मत प्राप्त गर्दै विजयी भएकी छन्। उनकी निकटतम प्रतिस्पर्धी तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन्।


ADVERTISEMENT

# # #


त्यस्तै, महामन्त्रीमा विपिन कुमार आचार्य ६७३ मतसहित निर्वाचित भएका छन्।

खुला सहमहामन्त्री पदमा असिम शाह ४७१ मत र हरि ढकाल ४१० मत प्राप्त गर्दै विजयी भएका छन्। यस्तै, महिला सहमहामन्त्रीमा निशा डाँगी ७३७ मतसहित निर्वाचित भएकी छन्।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया जारी रहेको छ। अन्य पदहरूको मतगणना पनि जारी रहेकाले बाँकी नतिजा क्रमशः सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।