काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा ४ हजार ७०० रुपैयाँ र चाँदी प्रतितोला एक सय ४५ रुपैयाँले महँगिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ८ सय रुपैयाँ कायम भएको छ। यस्तै, चाँदीको मूल्य प्रतितोला चार हजार ३ सय २५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ।
गत शुक्रबार छापावाल सुन दुई लाख ७९ हजार १ सय रुपैयाँ र चाँदी चार हजार १ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज सुन प्रतिऔँस चार हजार ८ अमेरिकी डलर र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूको भनाइ छ।



























































