काठमाडौं- शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थान ९आईक्यान०द्वारा प्रदान गरिने ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत स्वर्ण गोल्ड अवार्ड प्राप्त गरेको छ।


ADVERTISEMENT


कम्पनीले आफ्नो वार्षिक प्रतिवेदनको गुणस्तर, पारदर्शिता, वित्तीय विवरणको स्पष्ट प्रस्तुति तथा सुशासनप्रतिको प्रतिबद्धताका आधारमा उक्त प्रतिष्ठित सम्मान हासिल गरेको जनाएको छ।


ADVERTISEMENT

# # #


यस उपलब्धिप्रति कम्पनीले सम्पूर्ण कर्मचारी तथा टोलीलाई बधाई ज्ञापन गर्दै निरन्तर विश्वास, साथ र सहयोग प्रदान गर्ने शेयरधनी, ग्राहक, नियामक निकाय, व्यावसायिक साझेदार तथा अन्य सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गरेको छ। शिखर इन्स्योरेन्सले आगामी दिनमा पनि उच्चस्तरीय वित्तीय पारदर्शिता, सुशासन र उत्कृष्ट सेवाप्रति प्रतिबद्ध रहँदै आफ्ना सेवाग्राहीको विश्वासलाई अझ सुदृढ बनाउने जनाएको छ।