अर्घाखाँची- अर्घाखाँचीको सन्धीखर्क नगरपालिका–७ खाँचीकोटको तीनपाने क्षेत्रमा रहेको चुनढुंगा खानीले उद्योग, रोजगारी र जिल्लाको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको भुर्गभ सिमेन्ट लिमिटेडले जनाएको छ।


ADVERTISEMENT


कम्पनीका अनुसार २०५६ सालदेखि नेपाल सरकारबाट प्राप्त भोगाधिकार तथा सम्बन्धित निकायको स्वीकृतिअनुसार सञ्चालनमा रहेको उक्त खानी भुर्गभ सिमेन्टको मुख्य कच्चा पदार्थको स्रोत हो। खानीकै आधारमा उद्योग स्थापना भएको, स्थानीय युवाले रोजगारी पाएको तथा राज्यले करोडौं रुपैयाँ राजस्व संकलन गरेको कम्पनीको दाबी छ।


ADVERTISEMENT

# # #


भुर्गभ सिमेन्टका अनुसार २०७६ सालयता खानी तथा भूगर्भ विभाग, सन्धीखर्क नगरपालिका, डिभिजन वन कार्यालय तथा सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत १४ करोड ३४ लाख रुपैयाँभन्दा बढी योगदान गरेको छ। साथै करिब ३ अर्ब रुपैयाँ निजी लगानी परिचालन भएको र प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब २०० जनाले रोजगारी पाएको जनाएको छ।

उद्योगले वातावरणीय प्रभाव मूल्याङ्कन ९भ्क्ष्ब्०, प्रारम्भिक वातावरणीय परीक्षण ९क्ष्भ्भ्० तथा प्रचलित कानुनअनुसार खानी सञ्चालन गरिरहेको कम्पनीको भनाइ छ। विद्यालयमा शिक्षकको तलब व्यवस्थापन, सडक ढलान, वृक्षारोपण, धुलो नियन्त्रण, विपद्का बेला राहत, विद्यार्थीलाई न्यानो कपडा वितरण तथा प्रभावित स्थानीयलाई सहुलियतमा सिमेन्ट उपलब्ध गराउनेलगायत सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको पनि कम्पनीले जनाएको छ।

यद्यपि पछिल्ला केही वर्षयता खानी प्रभावित क्षेत्रभन्दा बाहिरका केही व्यक्तिहरूले विभिन्न निकायमा उजुरी, निवेदन तथा मुद्दा दर्ता गर्दा उद्योग सञ्चालनमा अनावश्यक अवरोध र अन्योल सिर्जना भएको कम्पनीको दाबी छ। कम्पनीले कानुनी उपचार खोज्ने सबैको अधिकार रहेको स्वीकार गर्दै केही विषय अदालतमा विचाराधीन रहेकाले न्यायिक प्रक्रियाप्रति पूर्ण सम्मान रहेको जनाएको छ।

उद्योग बन्द गराउनेभन्दा पनि कानुनसम्मत रूपमा सञ्चालन गराउनुपर्नेमा जोड दिँदै कम्पनीले उद्योग सञ्चालन भइरहे रोजगारी, राजस्व, स्थानीय व्यापार तथा जिल्लाको अर्थतन्त्रलाई टेवा पुग्ने उल्लेख गरेको छ। साथै विकास, लगानीको सुरक्षा, वातावरण संरक्षण र रोजगारीलाई सँगसँगै अघि बढाउन सबै राजनीतिक दल, जनप्रतिनिधि, सरकारी निकाय, नागरिक समाज, सञ्चारमाध्यम तथा सरोकारवालासँग तथ्य, कानुन र संवादका आधारमा समस्या समाधान गर्न सहयोगको आग्रह गरेको छ।