काठमाडौँ- पूर्वराज्यमन्त्री एवं उद्योगपति हरि प्रसाद पाण्डेद्वारा लिखित पुस्तकको सोमबार काठमाडौंमा बिमोचन गर्दै भट्टराईले नयाँ पुस्तासँग आधुनिक ज्ञान, प्रविधि, सिप र नयाँ अनुभव भएकाले पुराना पुस्ताको ज्ञान र अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्दै मुलुकको बिकासमा एकीकृत हुनुपर्ने बताएका हुन् ।
उनले राजनीतिक अधिकार प्राप्त भइसकेपछि अबको लक्ष्य सम्पूर्ण जनताको सहभागितामा मानवीय र प्राकृतिक साधन र स्रोतको अधिकतम प्रयोग गरी देशको विकास गर्नु नै भएको उल्लेख गरेका छन् ।
नेपाल कृषिप्रधान अर्थतन्त्रबाट औद्योगिक र सेवा प्रदायक अर्थतन्त्रमा जोडिन खोज्न लागेको भन्दै भट्टराईले यसलाई सफल बनाउन केही दशकसम्म राजनीतिक स्थिरता, सुशासन र स्पष्ट योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
उनले राजनीतिक अधिकारको लडाइँ र विद्रोहका लागि बनेका पुराना विचार र सङ्गठनहरू आजको विकास, समृद्धि र सुशासनको युगमा जस्ताको तस्तै काम लाग्न नसक्ने भएकाले नयाँ विचार र सोचसहितको नयाँ पुस्तालाई अगाडि बढाउन आवश्यक रहेको तर्क गरेका छन् ।
उनले नयाँ दल रास्वपाले आफ्नो बाचा पत्रमा उठाएका देश विकासका कुराहरूलाई राष्ट्रिय नीति बनाउनुपर्ने र यसमा कांग्रेस, एमाले, माओवादी लगायतका सबै दलले सहयोग गर्नुपर्ने बिचार व्यक्त गरेका छन् ।



























































