रौतहट–रौतहटको पहोरा नगरपालिकामा मेयर शेख वकिलद्वारा नगरपालिका भित्र २१५ वटा साईकल बितरण गरिएको छ ।


ADVERTISEMENT


शिक्षामा मधेसीहरुलाई जनचेतना फैलाउने र शिक्षामा महिलाको पहुँचपनि पुरुषको सरह बनाउनको लागी कार्यक्रमको आयोजना गरी साईकल बितरण गरिएको हो । उक्त कार्यक्रममा ९/१० कक्षाका छात्राहरुको मनोबल बढाउन र शिक्षामा प्रोत्साहन गर्न उक्त कार्य धेरै सरहनिय भएको भएको नगरबासीहरुले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #