काठमाडौं–संघीय समाजवादी फोरम, नेपाल दुई मन्त्रालयसहित सरकारमा सहभागी हुने टुङ्गो लागेको छ । फोरम अध्यक्षसमेत रहेका उपेन्द्र यादवले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने टुङ्गो लागेको छ ।


ADVERTISEMENT


त्यसैगरी फोरमका तर्फबाट अर्का मन्त्री मोहम्मद इस्तियाक राई बन्दैछन् । उनलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।


ADVERTISEMENT

# # #


नयाँ मन्त्रीहरुको शपथ ग्रहण आजै दिउँसो ३ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले सरकारमा सहभागी हुन नेपाल कम्युनिष्ट पार्टीसँग दुई बुँदे सहमति गरेको थियो ।

सहमतिमा नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका थिए ।

सहमतिको पहिलो बुँदामा संविधान संशोधनसँग सम्बन्धित विषयहरू देश र जनताको पक्षमा आपसी सहमतिका आधारमा संविधान गरी सम्बोधन गर्ने उल्लेख छ । दोस्रो बुँदामा भने संघीय समाजवादी फोरम सरकारमा जाने उल्लेख थियो ।

संघीय फोरमले यसअघि नै २०७४ फागुन २२ गते सरकारमा जाने निर्णय गरिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले फोरमका लागि सहरी विकास र स्वास्थ्य मन्त्रालय खाली राखेको थियो । सरकारमा यादव आफैं सहरी विकास मन्त्रालय लिएर सहभागि हुने सम्भावना छ । अर्को मन्त्रालय भने टुङ्गो लाग्न बाँकी छ । फोरम भित्र पनि आकांक्षीको तिव्र प्रतिष्पर्धा रहेको छ ।