काठमाडौं–ट्राफिक प्रहरीले सिट संख्याभन्दा बढी यात्रु राख्ने सवारी साधनलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रबार पत्रकार सम्मेलन गरेर सिट संख्याभन्दा बढि यात्रु राख्ने सवारी साधनलाई कडा कारबाही गरिने जनाएको हो ।


ADVERTISEMENT


महाशाखाले सिट संख्याभन्दा बढी यात्रु राख्ने सवारी साधनको जरिवाना पनि थप गरेको छ । पहिला ५ सयसम्म लिइँदै आएको जरिवाना १ हजार पुर्‍याएको हो ।


ADVERTISEMENT

# # #


यातायात व्यवस्था विभागले प्रत्यायोजन गरिएको अधिकार अनुसार यसको जरिवाना १ हजार पुर्‍याइएको महाशाखाका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले बताए ।

त्यसैगरी, महाशाखाले सार्वजनिक सवारी साधनमा धुम्रपान गरेमा १ हजार जरिवान लिने व्यवस्था पनि गरेको छ । ध्वनी संकेत निषेध गरेको ठाउँमा ध्वनी दिएमा पनि १ हजार जरिवाना तोकिएको समेत उनको भनाइ छ ।

महाशाखाले सवारी साधनको पार्किङ स्थललाई व्यवस्थित बनाउने, ट्राफिक जनचेतनामूलक कार्यक्रमलाई अझै व्यापक बनाउने योजनालाई पनि प्राथमिकताका साथ अघि बढाउने पनि स्पष्ट पारेको छ ।