काठमाडौं – फिफा विश्वकप २०२६ मा इंग्ल्यान्डले तेस्रो स्थान हासिल गरेको छ।


ADVERTISEMENT


मियामीमा भएको रोमाञ्चक प्रतिस्पर्धामा फ्रान्सलाई ६–४ ले पराजित गर्दै इंग्ल्यान्डले विश्वकपको कांस्य पदक जितेको हो। यता, पराजित टोलीका कप्तान किलियन एमबाप्पेले भने विश्वकप इतिहासमै सर्वाधिक गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन्।


ADVERTISEMENT

# # #


तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्डले सुरुदेखि नै आक्रामक प्रदर्शन गरेका थिए । खेलको तेस्रो मिनेटमै डेक्लान राइसले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने १८औं मिनेटमा एज़्री कोन्शाले हेडरमार्फत दोस्रो गोल थपेका थिए।

बुकायो शाकाले पहिलो हाफमै दुई गोल गर्दै इंग्ल्यान्डलाई ४–० को बलियो अवस्थामा पुर्‍याए। दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट पुनरागमनको प्रयास गरेका थिए । कप्तान किलियन एमबाप्पेले दुई तथा ब्राडली बारकोलाले एक गोल गर्दै खेललाई ४–३ को अवस्थामा ल्याए।

तर ८७औं मिनेटमा पेनाल्टीमार्फत शाकाले व्यक्तिगत ह्याट्रिक पूरा गर्दै इंग्ल्यान्डको अग्रता अझ मजबुत बनाएको थियो। इन्जुरी समयमा उस्मान डेम्बेलेले फ्रान्सका लागि अर्को गोल गरे पनि अन्तिम मिनेटमा जुड बेलिङ्घमले गोल गर्दै इंग्ल्यान्डलाई ६–४ को शानदार जित दिलाएका छन्।

योसँगै सन् १९६६ मा विश्वकप जितेपछि इंग्ल्यान्डले विश्वकप इतिहासकै दोस्रो उत्कृष्ट नतिजा निकाल्दै तेस्रो स्थान सुरक्षित गरेको छ।

यद्यपि टोली पराजित भए पनि कप्तान किलियन एमबाप्पेले दुई गोल गर्दै विश्वकप इतिहासमा सर्वाधिक २२ गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाए। उनले अर्जेन्टिनाका कप्तान लियोनल मेसीको २१ गोलको कीर्तिमानलाई पछि पारेका हुन्। जारी विश्वकपमा पनि एमबाप्पे १० गोलसहित शीर्ष गोलकर्ता छन् भने मेसीको नाममा ८ गोल रहेको छ र उनले फाइनल खेल्न बाँकी छ।