काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नियो फर्स प्रालि (निओटेरिक नेपाल) बीच बैंकका ग्राहकलाई विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ।
शुक्रबार सम्पन्न सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले नियो फर्सका विभिन्न इलेक्ट्रोनिक सामान खरिद गर्दा १५ प्रतिशतसम्म आकर्षक छुट पाउनेछन्।
बैंकले यस सहकार्यबाट आफ्ना ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षण बढ्ने विश्वास व्यक्त गरेको छ। डिजिटल बैंकिङको प्रयोग विस्तार गर्दै ग्राहकलाई विद्युतीय माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने उद्देश्यले बैंकले समय–समयमा यस्ता ग्राहकमैत्री सुविधा सञ्चालन गर्दै आएको जनाएको छ।
बैंकका अनुसार डिजिटल कारोबारमा उपलब्ध छुटसम्बन्धी विस्तृत जानकारी बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।
सिटिजन्स बैंकले हालै डिजिटल सेवाको विस्तारअन्तर्गत ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’, ‘सिटिजन्स डिजिटल बैंक’ लगायतका सेवा सञ्चालनमा ल्याएको छ। साथै, फ्रिलान्सरलाई लक्षित विशेष बचत खाता, मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन तथा सी–आस्बा नम्बर सेवा, र क्रस बैंक टेलर सुविधासमेत सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।
हाल सिटिजन्स बैंकले देशभर ६१ जिल्लामा २०० शाखा, १६८ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।



























































