काठमाडौं – नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ। आज सुन प्रतितोला १ हजार रुपैयाँ घटेको हो भने चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।


ADVERTISEMENT

# # #


त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला चार हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।