काठमाडौं – राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले सुनसरीको कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेकी छिन् ।


ADVERTISEMENT


बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले फेसबुकमार्फत प्रहरीबाट गोली चलेको स्वीकार गरिसकेको उल्लेख गर्दै गोली चलाउने आदेश कसले दिएको हो भन्ने प्रश्न उठाइन् ।


ADVERTISEMENT

# # #


ओलीले घटनाको अनुसन्धान अनुमान, अफवाह वा औपचारिक वक्तव्यमा मात्र सीमित नराखी सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताइन। उनले घटनाको गहिराइसम्म पुगेर निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न सरकारसँग माग गरिन्।

प्रतिनिधिसभा बैठकमा अन्य सांसदहरूले पनि सुनसरीको कप्तानगञ्जमा भएको घटनाप्रति सरकार गम्भीर बन्नुपर्ने, सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कानुनी कारबाही सुनिश्चित गर्नुपर्ने धारणा राखेका थिए।