काठमाडौं- मुक्तिनाथ विकास बैंक लिमिटेड र नागार्जुन नगरपालिकाबीच कृषि, पर्यटन, साना तथा मझौला उद्यम र महिला उद्यमशीलता प्रवर्द्धन गर्दै स्थानीय स्तरमा रोजगारी सिर्जना तथा आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जा प्रवाहसम्बन्धी सम्झौता भएको छ।


ADVERTISEMENT


सम्झौताअनुसार नगरपालिकाको सिफारिसमा योग्य उद्यमीहरूले व्यवसायको प्रकृतिअनुसार बैंकबाट धितोबिना अधिकतम २ लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन्। साथै, नगरपालिकाको ‘सहुलियतपूर्ण ब्याज अनुदान सम्बन्धी कार्यविधि, २०८०’ बमोजिम योग्य ऋणीहरूले शतप्रतिशत ब्याज अनुदान सुविधा पनि पाउनेछन्।


ADVERTISEMENT

# # #


बैंकले स्थानीय सरकारसँगको सहकार्यमार्फत उद्यमशीलता विकास, वित्तीय पहुँच विस्तार, वित्तीय समावेशीकरण तथा दिगो आर्थिक विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका कृषि तथा समावेशी लगानी विभाग प्रमुख तेजबहादुर गिरी र नागार्जुन नगरपालिकाकी कार्यवाहक नगर प्रमुख सुशीला अधिकारीले हस्ताक्षर गरेका छन्।