वीरगञ्ज–विभिन्न आपराधिक घटनामा संलग्न एक भारतीय नागरिकसहित तीन जना फरार अभियुक्तलाई बारा प्रहरीले वीरगञ्ज कारागार चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हत्या, डाँका, लागूऔषध सम्बन्धी मुद्दामा फरार अभियुक्तहरुलाई पक्राउ गरी वीरगञ्ज कारागार चलान गरिएको हो ।


ADVERTISEMENT


बाराको फेटा गाउँपालिका वडा नं. ४ बस्ने ३५ वर्षीय रमेश मुखिया बिन, फेटा गाउँपालिका वडा नं. ३ बस्ने ४३ वर्षीय रामजी ठाकुर र भारतको मोतिहारी थाना जितना कोईरगाँवा ग्राम वडा नं. ७ बस्ने बिकाउ राम चमारलाई बिभिन्न स्थानबाट पक्राउ गरी कारागार चलान गरिएको हो ।


ADVERTISEMENT

# # #


१५ लाख मूल्य बराबरको गुट्खा नष्ट
यसैबीच बारा प्रहरीले मापदण्ड विपरितको पन्ध्र लाख बराबरको भोला गोल्ड गुट्खा नष्ट गरेको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ स्थित श्री साई ट्रेडिङ जितपुरबाट बरामद गुटखा नष्ट गरिएको हो ।

प्रसन्त इन्टरप्राइजेज बुटवलको बिजक नं. १२८५ मिति २०७४ फागुन १२ गतेको बिलद्वारा लु. १ ख. ६९१२ नं. को ट्रकमा ल्याइएको मापदण्ड बिपरितको १५ लाख मुल्य बराबरको भोला गोल्ड गुट्खा जिल्ला प्रशासन कार्यालय तथा जिल्ला स्वास्थ्य कार्यालय बाराका प्रतिनिधि, स्थानीय भद्रभलादमीहरुको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।