काठमाडौं – सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृति वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ४.५४ प्रतिशतले ३ अर्ब ५१ करोड पुगेको छ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ अर्ब ३६ करोड खुद नाफा कमाएको थियो। यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ७.२४ प्रतिशतले बढेर ९ अर्ब ५ करोड पुगेको छ। कम्पनीको संचालन नाफा ३.७८ प्रतिशतले बढेर ५ अर्ब १६ करोड पुगेको छ। यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा १ अर्ब ७० करोड रहेको छ भने वितरणयोग्य प्रति शेयर नाफा ११.५३ रुपैयाँ रहेको छ। क्यापिटल एड्जस्टमेन्ट रिजर्भलाई समायोजनसहित भने बैंकको वितरणयोग्य प्रति शेयर आम्दानी २६.१५ रुपैयाँ रहेको छ।
यस अवधिमा कम्पनी प्रति शेयर आम्दानी २३ रुपैयाँ ०६ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ २२५.१७ रुपैयाँ रहेको छ। १८ अर्ब २९ करोड चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा रिजर्भमा १८ अर्ब ६२ करोड रुपैयाँ रहेको छ। कम्पनीको खराब कर्जा ३.५३ प्रतिशत रहेको छ।




























































