काठमाडौं – एनसेलले आफ्ना ग्राहकका लागि एनसेल एपमार्फत ‘शेक एन्ड विन’ अफर सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत ग्राहकले एनसेल एप खोलेर आफ्नो मोबाइल फोन हल्लाउँदा तुरुन्तै विभिन्न सरप्राइज उपहार प्राप्त गर्न सक्नेछन्।
कम्पनीका अनुसार बहुउपयोगी सेल्फ–सर्भिस एपको प्रयोग बढाउने तथा डिजिटल सेवाको उपयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले यो अफर सञ्चालनमा ल्याइएको हो। यसमा सहभागी हुन ग्राहकले कुनै अतिरिक्त शुल्क तिर्नु पर्दैन।
अफरमार्फत ग्राहकले पार्टनर सेवामा विशेष अफर, छुट कुपन, डाटा प्याक तथा अन्य विभिन्न फाइदाहरू प्राप्त गर्न सक्नेछन्। प्रत्येक २४ घण्टामा एकपटक मोबाइल हल्लाएर नयाँ सरप्राइज उपहार पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
उपहारमा निःशुल्क अनलिमिटेड नाइट डाटा, लोकप्रिय सामाजिक सञ्जालमा अनलिमिटेड पहुँच, विभिन्न लाइफस्टाइल उत्पादनमा छुट तथा यात्रा र साहसिक गतिविधिमा विशेष छुटजस्ता सुविधा समावेश छन्।
एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले ‘शेक एन्ड विन’ एनसेल एपमा पहिलो पटक ल्याइएको गेमिफाइड सुविधा भएको बताउँदै यसले ग्राहकलाई रमाइलो र अन्तरक्रियात्मक रूपमा डिजिटल सेवा प्रयोग गर्न प्रेरित गर्नुका साथै विभिन्न सरप्राइज उपहार जित्ने अवसर प्रदान गर्ने बताए।
कम्पनीका अनुसार यो अफरले डिजिटल सेवाको प्रयोग बढाउने, एनसेल एपसँग ग्राहकको संलग्नता अभिवृद्धि गर्ने तथा एपमार्फत उपलब्ध सेवाको सहज उपयोगलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ। डिजिटल–फर्स्ट रणनीतिअनुरूप ग्राहक–केन्द्रित सेवा विस्तार गर्दै दैनिक जीवनमा डिजिटल अनुभवलाई अझ सहज र उपयोगी बनाउने प्रयासलाई यस अभियानले थप बल पुग्ने कम्पनीको विश्वास छ।



























































