काठमाडौं- मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले काठमाडौंको बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियर बुढानीलकण्ठ होटल र बालुवाटारस्थित टेस्ला डायग्नोस्टिक्ससँग व्यावसायिक सम्झौता गरेको छ।


ADVERTISEMENT


सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकले लेमन ट्री प्रिमियर बुढानीलकण्ठमा बसाइ तथा खानामा १५ प्रतिशतसम्म छुट पाउनेछन्। यस्तै, होटलको स्पामा २० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।


ADVERTISEMENT

# # #


त्यसैगरी, टेस्ला डायग्नोस्टिक्समा प्याथोलोजी टेस्ट, एमआरआई, एक्स–रे, डेन्टल ओपीजी, औषधि लगायत विभिन्न स्वास्थ्य सेवामा ५ देखि १० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको बैंकले जनाएको छ।

छुट सुविधा लिन बैंकका ग्राहकले बैंकको मान्य डेबिट कार्ड वा प्रिभिलेज कार्ड प्रयोग गर्नुपर्नेछ। मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा पनि छुट सुविधा प्राप्त गर्न सकिने जनाइएको छ।

बैंकले ग्राहकको आवश्यकता र बदलिँदो बजार परिवेशअनुसार सरल, सहज तथा प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। साथै, बैंकले विशेष अटो लोन योजनाअन्तर्गत आधार दरमा थप ०।९९ प्रतिशत प्रिमियम मात्र जोडेर कर्जा उपलब्ध गराउँदै आएको पनि जनाएको छ।