काठमाडौं – सूर्यज्योति लाइफ इन्स्योरेन्सको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा ८.५५ प्रतिशत बढेर ३८ करोड २ लाख १९ हजार रुपैयाँ आर्जन गरेको छ ।
कम्पनीले अघिल्लो आर्थिक वर्ष २०८१र८२ मा कम्पनीले ३५ करोड २ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । सोही अवधिमा कम्पनीको खुद बीमा शुल्क आम्दानी १५.७३ प्रतिशत बढेर १२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले ११ अर्ब १८ करोड ५२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
गत वर्ष कम्पनीको खुद दाबी भुक्तानी ४.०८ प्रतिशत बढेर १३ अर्ब ६४ करोड ८८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले ११ अर्ब ९६ करोड ४३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।पाँच अर्ब १ करोड १९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ६० करोड ९२ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४५ करोड ८० लाख रुपैयाँ रहेको छ।
अघिल्लो वर्ष ४१ अर्ब ६० करोड ५१ लाख रुपैयाँ रहेको जीवन बीमा कोष गत वर्ष बढेर ५१ अर्ब ५५ करोड ८९ लाख रुपैयाँ नाघेको छ । समीक्षा अवधिमा कम्पनीको लगानी ४१ अर्ब ६६ करोड २४ लाख रुपैयाँबाट बढेर ५२ अर्ब ७९ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।



























































