दोलखा– स्थानीय तहको चुनावका लागि मतदाता बोकेर दोलखातर्फ जाँदै गरेको बस विहीवार अपरान्ह सिन्धुपाल्चोकमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।


ADVERTISEMENT


नेकपा माओवादी केन्द्रले रिजर्भ गरेर लगेको बस लामोसाँघु जिरी सडकखण्डको ३ किलो भन्ने ठाउँमा सडकबाट खसेको थियो । दुर्घटनामा दोलखा लामिडाँडा साविक वडा नम्बर ४ का मुक्तिनाथ घिमिरे र उनकी पत्नी रत्नकुमारी घिमिरेको मृत्यु भएको सिन्धुपाल्चोकका एसपी रविन्द्र केसीले बताएका छन्


ADVERTISEMENT

# # #


दुर्घटनामा परि करीव डेढ दर्जन माओवादी कार्यकर्ता र समर्थक घाइते भएका छन् । घाइतेहरुमध्ये केहीको सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको छ भने अन्यलाई काठमाडौं लगिएको छ ।जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मुक्तिनाथको घटनास्थलमै मृत्यु भएको हो भने उनकी श्रीमतीको उपचारका क्रममा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

क्षमताभन्दा बढी यात्रु बोकेको बस सडकबाट २० मिटर तल खसेको प्रहरीले जनाएको छ।