काठमाडौँ– भेडाबाख्रा प्रायः खोरमा पालिन्छन् तर लमजुङ घलेगाउँका भेडाबाख्रा भने प्रायः खुृला आकाशमुनि नै दिनरात गुजार्छन् ।

क्ब्होलासोथर गाउँपालिकास्थित घलेगाउँका बासिन्दाले सामूहिकरूपमा पालेका भेडाबाख्रा चर्दै बास सर्दै साउन महिनामा अन्नपूर्ण हिमालको फेदीस्थित ठूलो लेक पुग्छन् भने कात्तिक लागेपछि फेरि चर्दै लमजुङबेँसी आइपुग्छन् ।


ADVERTISEMENT

# # #


दिनभरि चर्दै हिँड्ने ती भेडाबाख्रा बेलुकी खर्कमा बास गर्छन् । हिमाल फेदीका केही खर्कमा छाप्रो बनाइएको छ भने अन्यत्र भने खुल्ला ढिस्को जस्तो खर्कमा राखिएको हुन्छ ।

पालैपालो चार पाँचजना गोठाला र दैनिक पाँचवटा भोटे कुकुरले चौबीसै घण्टा ती भेडाबाख्रालाई पहरा दिइरहेका हुन्छन् । रातको समयमा पनि भेडाबाख्रालाई ठाउँठाउँमा बसेर सुरक्षा दिने ती कुकुरले बाघलगायत जंगली जन्तुसँग प्रतिकार गर्ने स्थानीयवासी गोठाला केशबहादुर गुरुङ बताउँछन् ।

पाँचसय ५० वटा भेडाबाख्रामध्ये १०० वटा सोही गाविसको नाममा रहेका छन् भने अन्य दुईचार वटादेखि १०–१२ वटासम्म सोही गाउँपालिकाका विभिन्न व्यक्तिका नाममा भएको उनी बताउँछन् ।

गोठालाले नै ती भेडाबाख्रा कसका हुन् भनी चिन्ने भएकाले बेचबिखन हुने अवस्था आए सम्बन्धित व्यक्तिलाई जानकारी दिएर बेच्ने र प्राप्त रकम बुझाउने गरेको उनको भनाइ छ ।

असोज महिनामा बेँसी झरेपछि भने गोठालालाई खान, बस्न निकै सहज हुन्छ । बेँसीमा धान काटिसकेपछि खेतधनीले आफ्नै खेतमा केही दिन भेडाबाख्रा राख्न आग्रह गर्छन् र राखेबापत गोठालालाई खाने बस्ने प्रबन्ध मिलाउँछन् । भेडाबाख्राका बड्कौला र पिसाबले खेतमा कम्पोष्ट मल हाल्न नपर्ने भएकाले बेँसीका खेतधनीले आफ्नै खेतमा भेडाबाख्रा राख्न प्रतिष्पर्धा गर्ने गोठाला गुरुङ बताउँछन्।

प्रतिकृया

प्रतिकृया