काठमाडौं – कामना सेवा विकास बैंकले २०औँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।
बैंकको सञ्चालक समितिको निर्णयअनुसार सभा आगामी २०८३ भदौ ३१ गते काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा आयोजना हुनेछ । सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट सेयरधनीलाई चुक्तापुँजीको १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिनेछ । उक्त लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेको बैंकले जनाएको छ ।
त्यस्तै, बैंकका अग्राधिकार सेयरधनीलाई सेयर बाँडफाँट भएको मितिदेखि २०८३ असार मसान्तसम्मको अवधिका लागि समानुपातिक रूपमा ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।
सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू पारित गर्ने प्रस्ताव रहेको छ । साथै, बाह्य लेखापरीक्षक नियुक्त गर्ने लगायतका विषयमा पनि छलफल हुनेछ ।
साधारण सभा तथा लाभांश प्रयोजनका लागि बैंकले २०८३ भदौ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसअनुसार भदौ १७ गतेसम्म कायम सेयरधनीले मात्रै प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन पाउनेछन् ।
गत वर्ष बैंकले बोनस सेयर र नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो । यसपटक पनि बैंकले आकर्षक नगद लाभांश प्रस्ताव गर्दै साधारण सभा बोलाउने पहिलो बैंक बनेको छ






























































