काठमाडौँ– नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले स्थानीय तह निर्वाचनमा राष्ट्रियता र समृद्धिको पक्षमा आफ्नो पार्टी उभिएको बताएका छन् ।


ADVERTISEMENT


पार्टीको चुनाव प्रचार कमिटी वडा नं १५ ले स्वयम्भूमा आज आयोजना गरेको कार्यक्रममा नेता खनालले विभिन्न समयमा पार्टीले राष्ट्रियताको रक्षा र जनताको स्वाभिमानलाई उचो राख्न गरेका प्रयत्नले आफ्नो पार्टीको विजय सुनिश्चित रहेको बताए । उनले स्थानीय तहको निर्वाचनप्रति जनतामा देखिएको उत्साहले अब बन्ने स्थानीय सरकारले देशलाई समृद्धितर्फ लैजाने विचार व्यक्त गरे ।


ADVERTISEMENT

# # #


पार्टीका नेता जीवनराम श्रेष्ठले लामो समयपछि हुन लागेको स्थानीय निर्वाचनले देशमा स्थानीय विकास तथा पूर्वाधार निर्माणमा गति लिने विश्वास व्यक्त गर्दै महानगरमा अब एकीकृत बस्ती विकासको खाँचो औँल्याए ।