काठमाडौं- एनसेलले बाढी प्रभावित क्षेत्रमा उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा थप सात दिनका लागि विस्तार गरेको छ। कम्पनीका अनुसार सेवा भोलि शनिबारदेखि थप एक सातासम्म निःशुल्क उपलब्ध हुनेछ।


ADVERTISEMENT


यसअघि रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा एनसेलले तीन दिनका लागि निःशुल्क डेटा, अन-नेट भ्वाइस कल र १०० वटा एसएमएस उपलब्ध गराएको थियो। उक्त तीनदिने अवधि शुक्रबार सकिँदैछ।


ADVERTISEMENT

# # #


बाढी तथा विपद्का समयमा प्रभावित नागरिक, परिवार, उद्धारकर्मी र राहतमा खटिएका टोलीबीच सञ्चार सहज बनाउन सेवा अवधि थप गरिएको एनसेलले जनाएको छ।

एनसेलका अनुसार बाढीका कारण अवरुद्ध भएका १८ वटा मोबाइल टावर पुनः सञ्चालनमा ल्याइएको छ। प्रभावित थप ९ वटा टावर सञ्चालनमा ल्याउन काम भइरहेको कम्पनीले जनाएको छ।

यसैबीच, एनसेल फाउन्डेसनमार्फत कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग समेत गरेको छ।

एनसेलले बाढी प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित रहन र सम्बन्धित निकायले जारी गरेका सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेको छ। साथै, कम्पनीले एसएमएस तथा सामाजिक सञ्जालमार्फत आवश्यक सूचना प्रवाह गरिरहेको जनाएको छ।