काठमाडौं- साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ४३.८९ अंकले घटेर २५१३ अंकमा झरेको छ ।
बजारमा बिक्री चाप बढेसँगै नेप्सेमा दोहोरो अंकको गिरावट आएको हो । आज कुल ३ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार भएका कम्पनीमध्ये २५३ कम्पनीको शेयर मूल्य घटेको छ भने केही कम्पनीमा भने लगानीकर्ताको आकर्षण देखिएको छ ।
समूहगत रूपमा हेर्दा निर्जीवन बीमा, अन्य र जलविद्युत् समूहमा उच्च दबाब परेको छ ।
आज उपकार लघुवित्तको शेयर मूल्य १३ दशमलव १६ प्रतिशतले बढेको छ । यता मैलुङखोला जलविद्युत्को शेयर मूल्य १४ दशमलव ९८ प्रतिशतले घटेको छ ।
समग्रमा बजारमा बिक्री चाप हाबी हुँदा साताको पहिलो कारोबार दिन नै नेप्सेमा उल्लेख्य गिरावट देखिएको हो ।































































