वातावरण प्रदुषण र सडक दुघर्टनाका प्रमुख कारक पुराना गाडी भएको भन्दै यातायात व्यवस्था विभागले यही फागुन १७ गतेबाट २० वर्ष पुराना सवारीसाधनलाई चलाउन रोक लगाउने भएको छ ।


ADVERTISEMENT


यातायात व्यवस्था विभागले २० वर्ष पुराना गाडीको नविकरण, दर्ता र कर लिने सबै प्रक्रिया रोकिसकेकाले फागुन १७ बाट त्यस्ता गाडीलाई सडकमा गुड्न नदिने विषयलाई कडा रुपमा कार्यान्वयन गर्ने जनाएको छ।
यातायात व्यवस्था विभागका प्रवक्ता डा टोकराज पाण्डेले फागुन १७ पछि काठमाडौं उपत्यकामा २० वर्ष पुराना गाडी सडकमा नहुने दावी गरे। उपत्यकामा २० वर्ष पुराना सवारी साधनको संख्या करिब दुई हजार पाँच सय रहेको र कतिपय कटौती पनि भइसकेको पाण्डेले बताए। ‘यदी २० वर्षअघिका पुराना गाडी फागुन १७ पछि सडकमा निकाले सरकारले कानुनी प्रक्रियाअनुसार कारबाही गर्दछ’ उनले भने।


ADVERTISEMENT

# # #


यो निर्णय पूर्ण रुपमा कार्यान्वयन गर्न यातायात व्यवस्था विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले अनुगमन गर्ने छ । उपत्यका भित्र यही फागुन १७ सम्म र उपत्यकाबाहिर भने २०७४ सालभित्र बन्द गरिने यातायात व्यवस्था विभागले जनाएको छ। उपत्यकाबाहिर करिब तीन हजारको हाराहारिमा २० वर्षे पुराना गाडी रहेको विभागले जनाएको छ। यता विभागको तयारीप्रति यातायात व्यावसायीले भने विरोध जनाउदै क्षतिपुर्ति माग गरिरहेका छन् ।

वातावरण प्रदूषण र सडक दुघर्टनाका प्रमुख कारक पुराना गाडी भएको भन्दै २०७१ भदौ १९ गते बसेको मन्त्रिपरिषद् बैठकले २० वर्ष पुराना सवारीसाधन विस्थापित गर्ने निर्णय गरेको थियो।