फागुन ३ । कम्प्युटर एसोसियसन नेपाल महासङ्घ कास्की र पोखरा इलेक्ट्रोनिक्स व्यवसायी सङ्घको आयोजनामा बिहीबारदेखि पोखरा प्रदर्शनी केन्द्रमा आठौँ सूचना तथा प्रविधि तथा मोबाइल मेला हुने भएको छ ।


ADVERTISEMENT


सूचना प्रविधि तथा सञ्चार क्षेत्रका नेपालमा भित्रिएका नवीनतम प्रविधिका बारेमा जानकारी गराई सूचना तथा प्रविधिका विकासमा योगदान पुर्याउने उद्देश्यका साथ यही फागुन ५ देखि ८ गतेसम्म उक्त मेला हुने एसोसिएसन कास्कीका सचिव विश्वास भण्डारीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


मेलामा बृहत् सूचना प्रविधि प्रदर्शनी, सूचना प्रविधि सम्मेलन, क्षेत्रीयस्तरको टाइपिङ प्रतियोगिता, सूचना प्रविधि हाजिरीजवाफ प्रतियोगिता, कम्प्युटर तथा मोबाइलको निःशुल्क मर्मत सेवा र सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी गरिने छ ।
मोबाइल मेलामा २५ ब्रान्डका मोबाइल पाँचदेखि ५० प्रतिशत छुट बिक्रीमा राखिने बताइएको छ । मेलामा १२५ कक्ष राखिने छन् । मेला सफल पार्न महासङ्घका अध्यक्ष चिन्तामणि बाँस्तोलाको संयोजकत्वमा २९ उपसमिति गठन गरिएको छ ।