एजेन्सी–भारतको आन्ध्र प्रदेशको गुन्टुर इलाकामा आइतबार एक व्यक्तिले खानामा कुखुराको मासु नबनाएको भन्दै वृद्ध आमाको हत्या गरेका छन् ।


ADVERTISEMENT


८० वर्षे बेज्जम मारियम्माको हत्या भएको हो । उनका छोरा ४५ वर्षीय बेज्जम किशोर ग्रामिण स्वास्थ्यकर्मी हुन् । उनले आमालाई दिउँसो कुखुराको मासु बनाउन आदेश दिएका थिए । जब उनकी आमाले यसो गर्न सकिनन् तब किशोरले किचनमा भएको चक्कुले उनीमाथि आक्रमण गरे । वृद्धाको घटनास्थलमा नै मृत्यु भएको टाइम्स अफ इन्डियाले बताएको छ ।


ADVERTISEMENT

# # #


स्रोतका अनुसार किशोर अत्यधिक रक्सी पिउँथे । उनकी श्रीमतीले उनको सोही बानीका कारण छोडेकी थिइन् । विगत चार वर्षदेखि किशोरका सन्तान आमासँगै बस्दै आएका छन् । रक्सीको लतले उनको काममा पनि बाधा पुर्याइरहेको थियो ।

पुलिसका अनुसार आइतबार अपरान्ह मारियाम्माको घरबाट चिच्चाएको आवाज छिमेकीले सुनेका थिए । आमालाई चक्कु प्रहार गरेपछि किशोर तत्काल भागेको पुलिसले जानकारी दिएको छ ।

छिमेकीले वृद्धालाई रगतमा डुबेको देखेपछि पुलिसलाई जानकारी दिएका थिए । किशोरको खोजी कार्य जारी रहेको पुलिसले बताएको छ ।