काठमाडौं- भोटेकोशी बाढीबाट भएको व्यापक क्षतिले मुलुकलाई दशकौँ पछाडि धकेलेको भन्दै मिराज ढुंगानाले अब पुनर्निर्माणका लागि नयाँ राजनीतिक शक्तिको आवश्यकता औँल्याएका छन्।


ADVERTISEMENT


ढुंगानाले सामाजिक सञ्जालमार्फत भोटेकोशी बाढीले ठूला राष्ट्रिय परियोजनादेखि दशकौँ पुराना बस्तीसमेत तहसनहस बनाएको उल्लेख गरेका छन्। उनका अनुसार बाढीमा हजारौँ मानिस बेपत्ता भएका छन् भने अर्बौं–खर्बौं रुपैयाँका जलविद्युत् आयोजना, निजी सम्पत्ति तथा सार्वजनिक संरचनामा ठूलो क्षति पुगेको छ।


ADVERTISEMENT

# # #


उनले कारागारलगायत सार्वजनिक संरचना समेत बाढीमा बगेको उल्लेख गर्दै नेपालले निरन्तर राजनीतिक तथा प्राकृतिक विपद् सामना गरिरहेको बताएका छन्।

ढुंगानाले मुलुकको पुनर्निर्माणको जिम्मेवारी लिन र त्यसलाई पूरा गर्न अहिलेका कुनै पनि राजनीतिक दल सक्षम नरहेको टिप्पणी गरेका छन्। सत्तामा रहेका दलसँग दीर्घकालीन सोच, दृष्टिकोण र प्रभावकारी कार्यक्षमता नरहेको उनको आरोप छ।

पुराना राजनीतिक शक्तिलाई इतिहासले नै असान्दर्भिक साबित गरिसकेको दाबी गर्दै उनले वर्तमान संकटको वास्तविक पहिचान गरी त्यसको नयाँ ढंगबाट समाधान खोज्न सक्ने ‘थर्ड पोल’ अर्थात् नयाँ राजनीतिक ध्रुव अपरिहार्य बनेको बताएका छन्।

उनले अहिले आफूले उठाएको विषय धेरैलाई यथार्थ नलाग्न सक्ने भए पनि भविष्यमा यसको आवश्यकता महसुस हुने दाबी गरेका छन्।