काठमाडौं- रसुवामा आएको बाढीपहिरोमा परी घाइते भएका २५ जनामध्ये २० जना उपचारपछि डिस्चार्ज भएका छन् ।


ADVERTISEMENT


वीर अस्पतालले सार्वजनिक गरेको विवरणअनुसार उपचारपछि स्वास्थ्य अवस्थामा सुधार आएपछि २० जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेमा विदेशी नागरिकसँगै बालबालिका र वृद्धवृद्धासमेत रहेका छन् ।


ADVERTISEMENT

# # #


अस्पतालका अनुसार बाँकी केही घाइतेहरूको वीर अस्पतालमै उपचार भइरहेको छ । थप उपचार आवश्यक देखिएका केही घाइतेलाई भने अन्य अस्पतालमा रिफर गरिएको छ ।

रसुवामा आएको बाढीपहिरोपछि उद्धार गरिएका घाइतेहरूलाई विभिन्न माध्यमबाट काठमाडौं ल्याएर वीर अस्पतालसहितका स्वास्थ्य संस्थामा उपचार गरिँदै आएको छ । वीर अस्पतालले घाइतेहरूको अवस्था हेरेर आवश्यक उपचार तथा व्यवस्थापन गरिरहेको जनाएको छ ।