काठमाडौं –  सानिमा जिआइसी इन्स्योरेन्सको कार्यकारी नेतृत्वमा फेरि सुद्युम्न प्रसाद उपाध्याय नै रहने भएका छन् ।


ADVERTISEMENT


कम्पनीको सञ्चालक समितिले उपाध्यायलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा थप चार वर्ष निरन्तरता दिने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार उपाध्यायको दोस्रो कार्यकाल २०८३ कात्तिक ७ गतेदेखि सुरु हुनेछ ।

उनको पहिलो कार्यकाल २०८३ कात्तिक ६ गते समाप्त हुँदैछ । त्यसको भोलिपल्टबाट सुरु हुने दोस्रो कार्यकाल २०८७ कात्तिक ६ गतेसम्म कायम रहने कम्पनीले जनाएको छ ।

यससँगै सानिमा जिआइसीको कार्यकारी नेतृत्वमा उपाध्यायको निरन्तरता सुनिश्चित भएको छ । सञ्चालक समितिले आगामी चार वर्षका लागि पनि कम्पनीको नेतृत्व उनकै जिम्मेवारीमा राख्ने निर्णय गरेको हो ।