काठमाडौं- भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट क्षति व्यहोरेका बीमितलाई शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी प्रक्रियामा सहजीकरण गर्ने भएको छ। कम्पनीले बाढीका कारण बीमित सम्पत्तिमा क्षति पुगेका ग्राहकलाई दाबीसम्बन्धी जानकारी तथा आवश्यक प्रक्रियाका लागि सम्बन्धित शाखा वा केन्द्रीय दाबी विभागमा सम्पर्क गर्न आग्रह गरेको छ।
कम्पनीका अनुसार २०८३ भदौ २० गते आएको बाढीबाट भएको क्षतिको बीमा दाबी गर्न चाहने बीमितले कम्पनीले सार्वजनिक गरेका सम्पर्क नम्बरमा फोन गरी आवश्यक जानकारी लिन सक्नेछन्। क्षतिको प्रारम्भिक विवरण, दाबी दर्ता प्रक्रिया, आवश्यक कागजात तथा क्षति मूल्याङ्कनसम्बन्धी विषयमा समेत सम्बन्धित शाखा तथा दाबी विभागबाट जानकारी लिन सकिने कम्पनीले जनाएको छ।
बाढीका कारण विशेषगरी भोटेकोशी तथा त्रिशूली करिडोरका विभिन्न क्षेत्रमा घर, व्यवसाय, सवारीसाधन, उद्योग तथा जलविद्युत् आयोजनालगायतका भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। यस्तो अवस्थामा बीमितलाई दाबी प्रक्रिया सहज बनाउन कम्पनीले प्रभावित क्षेत्रसँग सम्बन्धित शाखा तथा केन्द्रीय दाबी विभागका सम्पर्क नम्बर सार्वजनिक गरेको हो।
शिखर इन्स्योरेन्सले नुवाकोट, नौबिसे र धादिङ शाखा तथा केन्द्रीय दाबी विभागमार्फत प्रभावित बीमितलाई सेवा उपलब्ध गराउने जनाएको छ। कम्पनीले क्षति भएका बीमितलाई आवश्यक विवरण र कागजात तयार गरी सम्बन्धित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।
दाबी सहायता सम्पर्क नम्बर
नुवाकोट शाखा
९८०१९१२४१०
९८०१९१२४११
केन्द्रीय दाबी विभाग
९८०१२३७७१७
९८०२३३६४६५
९८०१२३५१०३
नौबिसे शाखा
९८०१९१२४०२
धादिङ शाखा
९८०११८४८५३
यसैबीच, भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपछि मुलुकको बीमा क्षेत्रमा ठूलो परिमाणमा दाबी परेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार बाढीबाट भएको क्षतिका लागि प्रारम्भिक रूपमा २५ अर्ब रुपैयाँभन्दा बढीको बीमा दाबी परेको छ।
बाढीका कारण जलविद्युत्, उद्योग, व्यवसाय, सवारीसाधन तथा अन्य बीमित सम्पत्तिमा ठूलो क्षति पुगेकाले बीमा दाबीको संख्या र रकम अझ बढ्न सक्ने देखिएको छ। प्रभावित क्षेत्रका बीमितले क्षतिको विवरण कम्पनीलाई उपलब्ध गराई समयमै दाबी प्रक्रिया अघि बढाउन सक्नेछन्।
शिखर इन्स्योरेन्सले प्रभावित बीमितलाई दाबी प्रक्रियामा आवश्यक सहजीकरण तथा जानकारी उपलब्ध गराउने उद्देश्यले सम्पर्क नम्बर सार्वजनिक गरेको जनाएको छ। कम्पनीले आफ्ना बीमितलाई समस्या वा अन्योल भएमा सम्बन्धित शाखा अथवा केन्द्रीय दाबी विभागमा सम्पर्क गर्नसमेत आग्रह गरेको छ।
































































