काठमाडौं – भगवान् गणेशको पूजा आराधना गरी मंगलबार गणेश चतुर्थी पर्व मनाइएको छ ।


ADVERTISEMENT


सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । मंगलबार भाद्र शुक्ल चतुर्थी र भाद्र शुक्ल पञ्चमी तिथी एकैसाथ परेकाले गणेश चतुर्थी पर्व मनाइएको हो । यस अवसरमा उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ । यस दिन हरितालिका (तीज) को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको छ । मङ्गल चतुर्थीसमेत भनिने यसदिन नेवार समुदायले चथा पर्वका रूपमा मनाउँछन् ।


ADVERTISEMENT

# # #


यसैबीच बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भक्तपुरको सूर्यविनायक मन्दिरमा पूजा अर्चना गर्दै गणेश जन्मोत्सव जात्रा एवं गणेश रथयात्रामा सहभागी भएका छन् । उनले धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको सूर्यबिनायक मन्दिरको जात्रालाई भव्य रुपमा निरन्तरता दिदै आन्तरिक पर्यटकलाई बढाउन दिनुपर्ने धारणा राखे । भाद्र शुक्ल चतुर्थी अर्थात् भगवान् गणेशको जन्मोत्सवका अवसरमा सूर्यविनायक नगरपालिकामा रथयात्रा गर्ने प्रचलन छ ।