काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति बनाउन सभामुखको ध्यानाकर्षण गराएको छ ।


ADVERTISEMENT


मंगलबार सिंहदरबारमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गर्दै सत्तापक्षका सभापतिको आह्वानमा बसेको सर्वदलीय बैठकमा विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति बनाउने विषय उठेको र रोस्ट्रमबाट समेत सम्बोधन भएको तीन साता बित्दा समेत कार्यान्वयन नभएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।


ADVERTISEMENT

# # #


समिति सरकारको विरोधमा नभई सरकारलाई थप जिम्मेवार, व्यवस्थित र पहुँच नपुगेका ठाउँमा राहत पर्याउन सहयोगी बन्ने उनले बताए । उनले एक साताभित्र उच्चस्तरीय संसदीय समिति बनाउन आग्रह गरिएको बताए । त्यस्तै आङ्देम्बेले विपद्का कारण स्थगित भएको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमलाई अघि बढाउन पनि सभामुखको ध्यानाकर्षण गराइएको जानकारी दिए ।

त्यसैगरि उनले पार्टीको १५ औं महाधिवेशन अन्तर्गत तल्लो तहदेखि केन्द्रसम्मको कार्यतालिकाबारे सभामुखलाई औपचारिक जानकारी गराइएको उल्लेख गरे ।