काठमाडौं – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भइ फेला परेका ५० वटा हराएका मोटरसाइकल सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ ।


ADVERTISEMENT


मंगलबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले सम्बन्धित धनीलाई फेला परेका मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT

# # #


चालु आर्थिक वर्षको साउन महिनामा मात्रै कुल ९६ वटा चोरी तथा हराएका सवारी साधन खोजी गरी धनीलाई बुझाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए ।

आफ्नो सवारी साधन चोरी हुनबाट जोगाउन धनी आफैँ सबैभन्दा पहिले सचेत हुनुपर्ने र सवारी साधनमा थप भौतिक लक का साथै आधुनिक डिजिटल प्रविधि जडान गरी सुरक्षा बलियो बनाउनुपर्ने उनले बताए ।

लामो समयका लागि एकान्त वा सुनसान ठाउँमा सवारी छोड्नुपर्ने अवस्था आएमा नजिकको प्रहरी कार्यालयलाई जानकारी गराउन समेत ट्राफिक प्रहरीले आग्रह गरेको छ ।