काठमाडौं- सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको छ ।


ADVERTISEMENT


आन्तरिक राजस्व विभागले बिहीबार बिभागमा आयोजना गरी भाद्र महिनाको घोषणा गरेको हो । भाद्र १ देखि १५ र १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा संलग्न उपभोक्तामध्येबाट ३२ जनालाई एक–एक लाखको विजेता र २ जनालाई बम्पर उपहार विजेता घोषणा गरिएको थियो ।


ADVERTISEMENT

# # #


जस अनुसार भाद्र १ देखि १५ गतेसम्मको पुरस्कारमा सुनिता फेन्सी स्टोरबाट रु ७ हजार को सामान किनेका उपभोक्ताले बम्पर उपहारमा १० लाख रुपैयाँ जितेका छन् । त्यस्तै भाद्र १६ गतेदेखि ३१ गतेसम्मको पुरस्कारमा कात्यायानी पोलिक्लिनिकबाट रु २ सयको सामान किनेका उपभोक्ताले बम्पर उपहारमा १० लाख रुपैयाँ जितेका छन् ।

कार्यक्रममा बिभागका कार्यवहाक महानिर्देशक जनकराज शर्माले वस्तु तथा सेवाको खरिद–बिक्रीमा बिल÷बीजक लिने–दिने संस्कृतिको विकास गर्न र कर अनुपालना वृद्धि गर्न यो कार्यक्रम सञ्चालन गरिएको बताएका छन् । भदौ महिनामा रु. ४० अर्ब ९४ करोडको लक्ष्य राखिएकोमा रु. ३८ अर्ब २९ करोड अर्थात लक्ष्यको करिब ९४ प्रतिशत संकलन भएको जानकारी दिएका छन् ।

शर्माले भाद्र १ देखि १५ गतेसम्मको पुरस्कारमा प्रधानमन्त्री राहत कोषमा सहयोग दाखिला गर्ने व्यक्ति समेत १ लाखको बिजेताको लिष्टमा आएको देखिएकाले प्राविधिक जाँच सुरु गरिएको जानकारी दिए । कार्यविधिमा बस्तु खरिदको भुक्तानीलाई मात्रै पुरस्कारमा समेटिने भएकाले प्राविधिक जाँचपछि आवश्यक निर्णय गरिने उनले बताएका छन् । पाक्षिक रुपमा आयोजना हुँदै आएको करदाता प्रोत्साहन पुरस्कार रसुवा बाढीका कारण एक महिनामा गरिएको हो ।