काठमाडौं- सभामुख नारायणप्रसाद दाहालले नेपाल र चीनबीचको सम्बन्ध हजारौँ वर्ष पुरानो सांस्कृतिक, सामाजिक तथा व्यापारिक सम्पर्कमा आधारित रहेको बताएका छन्।


ADVERTISEMENT


शुक्रबार काठमाडौंमा चिनियाँ यात्री तथा भिक्षु ह्वेन साङ्द्वारा लिखित पुस्तक ‘महान ताङको पश्चिमी क्षेत्रको अभिलेख’ को नेपाली संस्करण लोकार्पण गर्दै सभामुख दाहालले नेपाल–चीन सम्बन्ध औपचारिक कूटनीतिक सम्बन्ध स्थापनाभन्दा धेरै पुरानो रहेको उल्लेख गरेका छन्।


ADVERTISEMENT

# # #


उनले सन् १९५५ मा नेपाल र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको स्मरण गर्दै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका छन्।

सभामुख दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङले अघि सारेको बीआरआई अवधारणाले विश्वव्यापी सहकार्य र साझा समृद्धिलाई जोड्ने प्रयास गरेको उल्लेख गरेका छन्।

लोकार्पण गरिएको पुस्तकले नेपाली पाठक तथा युवापुस्तालाई नेपाल–चीन सम्बन्ध, ताङ वंशको इतिहास र बौद्ध धर्मबारे बुझ्न सहयोग पुग्ने उनको विश्वास छ। पुस्तकले दुई देशका जनताबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनसमेत योगदान पुर्‍याउने उनले बताएका छन्।