काठमाडौं – प्रधानन्यायाधीश डा. मनोज शर्मा चीनको ग्वाञ्जाओतर्फ प्रस्थान गरेका छन्।


ADVERTISEMENT


चाइना ल सोसाइटीले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन शर्मा चीन गएका हुन्। प्रधानन्यायाधीश शर्मासँग सर्वोच्च अदालतका मुख्यरजिष्ट्रार विमल पौडेल र उपरजिष्ट्रार राजेन्द्र पौडेल पनि चीन प्रस्थान गरेका छन्।


ADVERTISEMENT

# # #


ग्वाञ्जाओमा हुने कार्यक्रममा कानुन तथा न्याय क्षेत्रसँग सम्बन्धित विषयमा छलफल तथा अन्तरक्रिया हुने जनाइएको छ।