कालिकोट- नेपाली कांग्रेसको वडा अधिवेशनअन्तर्गत कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ मा सम्पन्न अधिवेशनबाट २२ वर्षीय इन्जिनियर राजेन्द्र जैसी क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका छन् ।


ADVERTISEMENT


युवा पुस्तामाझ सक्रिय जैसी पछिल्लो समय जेएनजी आन्दोलनका अगुवाका रूपमा समेत सक्रिय रहँदै आएका छन् । कम उमेरमै कांग्रेसको क्षेत्रीय प्रतिनिधिको जिम्मेवारीमा पुगेसँगै उनको राजनीतिक सक्रियता थप औपचारिक बनेको छ ।


ADVERTISEMENT

# # #


युवा पुस्ताको राजनीतिमा सहभागिता बढाउने बहस भइरहेका बेला २२ वर्षीय इन्जिनियर जैसीको क्षेत्रीय प्रतिनिधिका रूपमा भएको चयनले कांग्रेसको स्थानीय संगठनमा युवाको उपस्थितिलाई समेत देखाएको छ ।

पार्टीको वडा अधिवेशनमार्फत विभिन्न तहमा नयाँ पुस्ताको सहभागिता बढ्दै गएको कांग्रेस नेताहरूले बताएका छन् । सान्नी त्रिवेणी–१ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित जैसीले अब पार्टीको आगामी अधिवेशन प्रक्रियामा प्रतिनिधिका रूपमा सहभागिता जनाउनेछन् ।