काठमाडौं । नेपालमा हालै गएको विनाशकारी बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनर्निर्माणका लागि अस्ट्रेलियाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।


ADVERTISEMENT


संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको भेटमा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले विपद्बाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाललाई आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको हो।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री अल्बानिजले सामाजिक सञ्जालमार्फत नेपालमा बाढीबाट प्रभावित नागरिकप्रति अस्ट्रेलियाको तर्फबाट समवेदना व्यक्त गर्दै यसअघि गरिएका सहायता प्रयासबारे प्रधानमन्त्री शाहलाई जानकारी गराएको बताइएको छ।

बाढीका क्रममा केही अस्ट्रेलियाली नागरिकसमेत बेपत्ता भएको उल्लेख गर्दै उनले उनीहरूका परिवार तथा आफन्तप्रति आफ्नो ध्यान केन्द्रित रहेको बताइएको छ। विपद्को समयमा अत्यावश्यक क्षेत्रमा सहयोग पुर्‍याउन अस्ट्रेलियाले नेपालसँग निरन्तर समन्वय र सहकार्य गर्ने प्रधानमन्त्री अल्बानिजको भनाइ छ।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री शाहले यस क्रममा विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखसँग भेटवार्ता अघि बढाइएको छ। पछिल्लो भेटलाई नेपालमा आएको विपद्पछिको अन्तर्राष्ट्रिय सहकार्य र सहयोगसँग जोडेर हेरिएको छ।