पर्वत–बाँदरले बाली सखाप पारेको गुनासो चुलिएपछि पर्वतको महाशिला गाउँपालिकाले बजेटै छुट्याएर नियन्त्रण गर्ने योजना अघि सारेको छ ।


ADVERTISEMENT


गाउँपालिकाको दोस्रो गाउँसभाले मंगलबार बाँदर नियन्त्रणको संकल्प प्रस्तावसहित ३० लाखको योजना पारित गरेको छ ।


ADVERTISEMENT

# # #


सबै वडामा बाँदर आतंक बढेको भन्दै जनप्रतिनिधिले नियन्त्रणका लाडि हस्ताक्षरसहित गाउँसभामा संकल्प प्रस्ताव पेश गरेका थिए । गाउँसभामा बाँदर नियन्त्रणको संकल्प प्रस्ताव शतप्रतिशतले पारित गरेको गाउँपालिकाले जनाएको छ ।

बाँदर समात्न गाउँकै युवालाई अवसर दिइने छ । शुरुमा तालिम दिने र त्यसपछि बाँदर समात्ने जागिरमा लगाउने योजना गाउँपालिकाको छ । – आजको कान्तिपुरबाट