काठमाडौं–अरबाज खान आजकाल आइपीएल सट्टेबाजीका कारण चर्चामा छन् । यसैबीच उनलाई पूर्वपत्नी मलाइका अरोडा र छोरा अरहानसँग एक रेष्टुरेन्टमा डिनर गर्न पुगेको भेटिएको छ । मंगलबार बेलुका मलाइका र अरबाज छोरासँग बान्द्रास्थित एक रेष्टुरेन्टमा डिनर गर्न पुगेका थिए ।


ADVERTISEMENT


रेष्टुरेन्टबाट अरबाजलाई श्रीमतीसँगै बाहिर निस्किएको देखिएको छ । यसै क्रममा अरबाजकी साली अमृता अरोडाको परिवार पनि साथमा भेटिए । सम्बन्धविच्छेद पछि मलाइकाले नै छोराको हेरबिचार गर्दै आएकी छिन् ।


ADVERTISEMENT

# # #