अर्घाखाँची–सरकारले तत्कालिन नेकपा माओवादी आक्रमणको क्रममा जलेका किसानका लालपुर्जा वितरणको काम शुरु गरेको छ । द्वन्द्वको क्रममा लालपुर्जा जलेपछि पुनः नापी गरेर लालपुर्जा वितरण गर्न लागिएको हो । त्यसको शुरुवात अर्घाखाचीबाट शुरु भएको छ ।


ADVERTISEMENT


कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल बलदेवले अर्घाखाँचीको सन्धीखर्क नगरपालिका वडा नम्बर–२ बाट लालपूर्जा वितरण शुरु गर्नु भएको हो ।


ADVERTISEMENT

# # #


त्यहाँ आर्थिक वर्ष २०७२/७३ मा नापनक्साको काम शुरु भएको थियो । सन्धीखर्क वडा नम्बर–२ मा मात्र ४ हजार ७ सय ४७ कित्ता क्षेत्रफलको ८ सय ४१ जना जग्गाधनीका लालपूर्जा जलेको पाइएको थियो ।

द्वन्द्वको क्रममा पाल्पा, अर्घाखाची, सिरहा, संखुवासभा र अछाममा भएका आक्रमणमा लालपुर्जा जलेका थिए । नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टका अनुसार अछाममा नापजाँचको काम सकिइसकेको छ । अछाममा आर्थिक वर्ष २०६४÷०६५ मा, पाल्पामा ०७१/७२ मा र सिरहामा ०७२/७३ मा काम नापीको काम शुरु भएको थियो ।

अहिलेसम्म पाल्पामा २५ प्रतिशत नापीको काम सकिएको महानिर्देशक भट्टले बताए । सिरहा सहदरमुकाम क्षेत्रमा नापीको काम चलिरहेको छ भने संखुवासभाको चैनपुरमा काम नै शुरु हुन सकेको छैन । यो वर्ष पनि संखुवासभामा नाप नक्साको कार्यक्रम पर्न सकेको छैन । सरकारले आगामी ३ वर्ष भित्रमा सबैको जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरण गरिसक्ने दावी गरेको छ ।