भक्तपुर–भक्तपुरको गठ्ठाघरमा भेटिएको सकेट बम नेपाली सेनाले निष्कृय पारेको छ । अज्ञात समूहले सडक किनारमा राखेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय गरेको हो । त्यसक्रममा सडक खाली गराइएको थियो ।


ADVERTISEMENT


यसैगरी नेकपा (एमाले)का तर्फबाट मध्यपुरथिमि नगरपालिकामा प्रमुखका उम्मेदवार रहेका मदनसुन्दर श्रेष्ठको घरको आँगनमा सकेट बम फेला परेको छ ।


ADVERTISEMENT

# # #


आज बिहान ५ बजे कालो झोलाले बेरेर खतरा भनेर लेखेर राखेको अवस्थामा गठ्ठाघरस्थित श्रेष्ठको घर अगाडि भेटिएको सकेट बम नेपाली सेनाको टोलीले निस्क्रिय(डिस्पोज) गरेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए ।