रामचन्द्र पाण्डे, काठमाडौँ– आगामी जुन १४ देखि रसियामा सुरु हुने फिफा विश्वकप सबैका लागि प्रतिक्षाको विषय बनेको छ । ३२ देशको यस भिडन्तका लागि सबैले आफ्नो अन्तिम टिमको घोषणा गरिसकेका छन् । र, केही युवा उमेर पनि देखिएका छन् ।


ADVERTISEMENT


रोचक त के भने सन् १९९० पछि यो पहिलो पटक हो कि यसपटक कुनैपनि टिमले १९ वर्षमूनिका खेलाडी छनोट गरेका छैनन् ।


ADVERTISEMENT

# # #


यस पटकको विश्वकपमा ७ जना युवा खेलाडीले भाग लिँदैछन् । उनीहरु सबै १९ वर्षका रहेका छन् । यसैबीच विश्वकप सुरु हुन एक हप्ता मात्रै बाँकी रहँदा सबैभन्दा कान्छा खेलाडीको होलान् भन्ने जिज्ञासा तपाईहरुलाई हुनसक्छ । आउनुहोस् आज हामी तपाईलाई रसिया विश्वकपमा सहभागी हुने पाँच युवा खेलाडीको बारेमा बताउँदैछौँ ।

१. डेनियल अर्जानी

अष्ट्रेलियाको डेनियल आर्जीनी यस वर्षको विश्व कपमा सबैभन्दा कान्छा खेलाडी हुनेछन् । १९ वर्ष र १५७ दिनका यिनी एमबाप्पेभन्दा १५ दिन कान्छा हुन् ।

अर्जानीले आफ्नो सिनियर टिम अष्ट्रेलियका लागि चेक रिपब्लिकविरुद्ध गरेका थिए । जुन खेलमा अष्ट्रेलियाले ४-०ले जितेको थियो ।

२. किलियन एमबाप्पे

सन् २०१५ मा १६ वर्षीय किलियनले थियरी हेनरीको मोनाकोको सिनियर टिममा डेब्यू गर्ने सबैभन्दा कान्छो खेलाडीको रेकर्ड तोडेका थिए । त्यस बेलादेखि यिनी सँधै चर्चाको शिखरमा रहिआएका छन् ।

फरवार्डको पोजिसनमा खेल्ने यिनी पेरिस सेन्ट जर्मन क्लवबाट खेल्ने गर्छन । १९९८ डिसेम्बर २० मा जन्मिएका यिनी १९ वर्ष १७५ दिनका हुनेछन् ।

३. अचार्फ हकीमी

१९ वर्ष र २१३ दिनका अचार्फ हकीमी यस रसिया विश्व कपको तेस्रो कान्छा खेलाडी हुन् । १९९८ नोभेम्बर ४ मा स्पेनमा जन्मिएका यिनी मोरोक्कोका राष्ट्रिय खेलाडी हुन् ।

इङलिस प्रिमियर लिगमा रियल म्याड्रिडबाट खेल्ने हकिमीले २०१६ मा मोरोक्कोको सिनियर टिमबाट १७ वर्षको उमेरमै डेब्यू गरेका थिए । रसिया विश्वकपको ग्रुप बी अन्तर्गत इरान, पोर्चुगल र स्पेनसंगको समूहमा रहेको मोरोक्कोका यी एक महत्वपूर्ण खेलाडी हुन् ।

४. फ्रान्सिस उज्हो

यस विश्व कपको चौथो सबैभन्दा सानो खेलाडी नाइजीरियाका फ्रान्सिस उज्हो हुन्। १९ वर्ष २२० दिनका उज्हो गोलकिपर हुन् । सन् १९९८ अक्टोबर २८ मा जन्मिएका हुन् ।

२०१७ अक्टोबरमा नाइजेरियाको सिनियर टोलीमा स्थान बनाएका यिनले नोभेम्बरमा अर्जेन्टिनाविरुद्ध डेब्यू गरेका थिए ।

उनी डिपोर्टो डे ला कोरुनाका लागि खेल्छन् ।

५. ट्रेन्ट एलेक्जेन्डर अर्नोल्ड (इङल्याण्ड)

यस्तै पाँचौँ स्थानमा इङल्याण्डका ट्रेन्ट एलेक्जेन्डर अर्नोल्ड विश्वकप सुरु हुने दिन १९ वर्ष र २४१ दिनका हुँदैछन् । सन् १९९८ अक्टोबर ७ मा जन्मिएका उनी राइड ब्याक पोजिसनमा खेल्ने गर्छन् ।

लिभपुल क्लबबाट खेल्ने ट्रेन्टले इङल्याण्डका लागि यू-१६ र यू-२१ को पनि प्रतिनिधित्व गरिसकेका छन् । यिनी सेनेगलका मोउसा वैगभन्दा तीन दिनको उमेरले कान्छा हुन् । मोउसालाई भने सूचिमा राखिएको छैन ।

कुन टोलीको औसत उमेर कति ?

नाइजेरिया – २५ वर्ष ९ महिना
फ्रान्स – २६ वर्ष
इंग्ल्याण्ड – २६ वर्ष
ट्युनिसिया – २६ वर्ष ५ महिना
सर्बिया – २६ वर्ष ८ महिना
जर्मनी – २७ वर्ष १ महिना
डेनमार्क – २७ वर्ष १ महिना
सेनेगल – २७ वर्ष २ महिना
स्वीट्जरल्याण्ड – २७ वर्ष २ महिना
इरान – २७ वर्ष २ महिना
मोरक्को – २७ वर्ष २ महिना
पेरु – २७ वर्ष ४ महिना
बेल्जियम – २७ वर्ष ६ महिना
दक्षिण कोरिया – २७ वर्ष ८ महिना
क्रोएसिया – २७ वर्ष ९ महिना
कोलम्बिया – २८ वर्ष १ महिना
उरुग्वे – २८ वर्ष १ महिना
अस्ट्रेलिया – २८ वर्ष १ महिना
स्वीडेन – २८ वर्ष २ महिना
पोल्याण्ड – २८ वर्ष ३ महिना
पोर्चुगल – २८ वर्ष ४ महिना
स्पेन – २८ वर्ष ५ महिना
जापान – २८ वर्ष ६ महिना
आइसल्याण्ड – २८ वर्ष ६ महिना
ब्राजिल – २८ वर्ष ६ महिना
साउदी अरेबिया – २८ वर्ष ७ महिना
रसिया – २८ वर्ष ८ महिना
इजिप्ट – २९ वर्ष
अर्जेन्टिना – २९ वर्ष ३ महिना
मेक्सिको – २९ वर्ष ४ महिना
कोस्टारिका – २९ वर्ष ६ महिना
पानामा – २९ वर्ष ६ महिना