काठमाडौँ– आज भएको स्थानीय तहको निर्वाचनमा वासुकीनगर, सिद्धमार्ग, कोटेश्वरका किरियापुत्री अर्जुनबहादुर बस्नेतले नवज्योति स्कुल मतदान केन्द्र कोटेश्वरबाट मतदान गरेका छन्।


ADVERTISEMENT


उनका बुबा लोकबहादुरको ९२ वर्षका उमेरमा यही वैशाख २३ गते निधन भएपछि उनी बुबाको किरियामा छन् । किरीयापुत्रीसँगै उनकी श्रीमती शान्ता र छोरा इन्जिनियर असिमसिंहले पनि मतदान गरे । मतदानका लागि अर्जनु आफ्नो घरबाट ५ मिनेटको दूरीमा रहेको मतदान केन्द्रसँग हिँडेर गएको पत्रकार बलराम प्यासीले जानकारी दिए।


ADVERTISEMENT

# # #


आफू किरियामा बसे तापनि बीस वर्षपछि स्थानीय तहको निर्वाचन हुन लागेकाले आफूले र आफ्नो परिवारले आफ्ना अमूल्य मतको प्रयोग गर्ने मौकाको सदुपयोग गरेको बताउनुभयो ।
त्रिदेवीनगरमा तिम्ल्याहा

कामपा–३२ त्रिदेवीनगर, कोटेश्वरका तिम्ल्याहा दिदीबहिनीले स्थानीय तहको निर्वाचनमा सूर्यकोट मतदान केन्द्र कोटेश्वरबाट मतदान गरेका छन्। यसअघि संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा उनीहरुले भाग लिइसकेका छन् ।

कोटेश्वरमा २२ वर्षअघि जन्मिएका श्रद्धा, कुसुम र अञ्जलिसिंह वनका नाउँमा कोटेश्वरचोकबाट ललितपुरतर्फ जाने चक्रपथको पूर्वीतर्फको ठूलो बस्तीलाई कामपाले विसं २०५२ जेठ १४ गते ‘त्रिदेवीनगर’ नामकरण गरेको बताइएको छ ।