भीमदत्तनगर(रासस)–नेपाल प्रहरीले भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सहयोगमा छ नाबालिका र १२ बालकसहित १८ बालबालिकाको पश्चिमी नाका गड्डाचौकीबाट बिहिबार उद्धार गरेको छ ।


ADVERTISEMENT


इप्रका गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक डिकरदेव पन्तले भारत लैजाँदै गरेका बालबालिकासहित उक्त कार्यमा संलग्न दुई जनालाई नियन्त्रणमा लिइएको बताएका छन् । उद्धार गरिएका बालबालिका अछामको ढकारी गाउँपालिका–७ का रहेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


त्यसैगरी बालबालिकालाई फकाएर भारततर्फ लगिरहेका ढकारी गाउँपालिकाकै ५३ वर्षीय रामबहादुर बुढा र ४८ वर्षीय रतन विकलाई नियन्त्रणमा लिइएको छ । उनले बालबालिकालाई माइती नेपाल कञ्चनपुरको आश्रयमा राखिने बताएका छन् ।