धनकुटा(रासस)–अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्रा थापा गुरुङले सुशासनको प्रत्याभूति दिलाउँदै जवाफदेही सेवा प्रवाह गर्न स्थानीय तहलाई निर्देशन दिएकी छिन् ।


ADVERTISEMENT


बिहीबार धनकुटा जिल्लास्थित सरोकारवाला निकायको सहभागितामा भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका विषय अन्तक्र्रिया कार्यक्रममा स्थानीय तहले भ्रष्टाचारमा शून्य सहनशीलता व्यवहारमा देखाउनुपर्ने बताइन् ।


ADVERTISEMENT

# # #


जिल्लाका सातवटै स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष एवं जिल्लास्थित कार्यालयका प्रमुखलाई सिंहदरबारको अधिकार वडा कार्यालयबाट सेवा प्रवाह हुने भएकाले जनअपेक्षाअनुसार सरकारले तोकेका ऐन, नियम र कार्यविधिको परिपालना गर्नसमेत अग्रह गरेकी छन् ।

सबै प्रकारका सेवाप्रदायक कार्यालयमा बडापत्र राख्ने, सूचना अधिकारी र गुनासो सुन्ने अधिकारी तोक्ने एवं सेवाग्राहीमैत्री कार्यालयको वातावरण राख्न निर्देशन दिइन् ।

बहुराष्ट्रिय चासोको विषय बनेको भ्रष्टाचार पछिल्लो समय नेपालमा जनसरोकारका कार्यालय शिक्षा, स्वास्थ्य, स्थानीय तह, भौतिक निर्माणका कार्यालयका अत्यधिक उजुरी आयोगमा पर्ने गरेका कारण थप सजग हुन आयुक्त गुरुङले निर्देशन दिएको जानकारी प्राप्त भएको छ ।

यस वर्ष धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुम जिल्लामा अख्तियार दुरुपयोग गरेका कूल १२७ उजुरीमध्ये ५१ वटा मात्र बाँकी रहेका छन् भने अन्य किनारा लगाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, धनकुटाले जनाएको छ ।