एजेन्सी–अमेरिकाको टेक्ससमा एउटा अचम्मको घटना सार्वजनिक भएको छ । यहाँका एक व्यक्तिलाई सर्पको काटिएको टाउकोले डसेको छ । सर्पको विषको असरलाई कम गर्नका लागि ती व्यक्तिलाई औषधीको २६ डोज दिनुपर्यो ।


ADVERTISEMENT


जेनिफर सटक्लिफले स्थानीय मिडियालाई दिएको जानकारी अनुसार उनका श्रीमान् बगैंचामा काम गरिरहेका थिए, त्यति नै बेला उनले चार फुट लामो विषालु सर्प देखे । अप्रिय घटना हुनसक्ने भन्दै उनले सर्पको टाउको काटिदिए । जब उनी मरेको सर्पलाई फ्याँक्न गइरहेका थिए तब सर्पको काटेको टाउकोले उनलाई डस्यो ।


ADVERTISEMENT

# # #


सर्प मरेको थुप्रै घण्टासम्म पनि त्यसको टाउको जिउँदो रहन सक्छ र यसले डस्न सक्छ । जेनिफरले सर्पले डसेलगत्तै उनका श्रीमानको शरिरमा विष फैलिएको बताइन् । त्यसपछि उनलाई कोपर्स क्रिप्टिस्थित उनको घरबाट विमानमा राखेर अस्पताल पुर्याइयो ।

अब खतरामुक्तः
एक हप्ता अस्पतालबाट बसेपछि अब उनी खतरामुक्त छन् । यद्यपी, उनको मृगौलामा थोरै समस्या छ । युनिभर्सिटी अफ एरिजोनामा डाक्टर लेस्ली बोयरका अनुसार सर्पलाई मार्ने विशेषगरी त्यसको टाउको काट्नु सही होइन ।

उनी भन्छिन्, ‘सर्पलाई काट्नु क्रुरता हो । साथै, यो तपाईंका लागि पनि खतरनाक हुनसक्छ किनभने जब तपाईं सर्पलाई काटेपटि त्यसको टुक्रा उठाउनुहुन्छ, तब तपाईं त्यसको विषको सम्पर्कमा आउन सक्नुहुन्छ ।’