काठमाडौं–आगामी बिहिबारदेखि हुने २१औं संस्करणको फिफा विश्वकप फुटबलको तयारीस्वरूप बिहिबार पोर्चुगलले अन्तिम अभ्यास खेलमा सहज जित निकालेको छ । यसअघिका दुई मैत्रीपूर्ण खेलमा बराबरी गरेको पोर्चुगल बिहीबार राति अल्जेरियालाई ३–० ले हराउँदै विश्वकपमा आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेको हो । घरेलु मैदानमा पोर्चुगललाई जिताउन गोन्कालो गुएडेसले दुई तथा ब्रुनो फर्नान्डेसले एक गोल गरे ।


ADVERTISEMENT


दुई अभ्यास खेलमा अनुपस्थित रोनाल्डोले कुनै गोल गर्न सकेनन् । खेलको १७ औं मिनेटमा गोन्कालोले गोल गर्दै पोर्चुगललाई सूरुवाति अग्रता दिलाएका थिए । त्यसपछि रोनाल्डोले दिएको पासमा ३७ औँ मिनेटमा फर्नान्डेसले गोल गर्दै टिमलाई मध्यान्तरअघि २–० को अग्रता दिलाए ।


ADVERTISEMENT

# # #


दोस्रो हाफमा थप एक गोल भएको थियो । खेलको ५५ औँ मिनेटमा गोन्कालोलेनै व्यक्तिगत दोस्रो गोल गरेपछि पोर्चुगलको ३–० को जित निश्चित भयो । विश्वकपको तयारी स्वरुप खेलेका तीन मैत्रीपूर्ण खेलमा उसको यो पहिलो जित हो । यसअघि उसले बेल्जियम र ट्युनिसियासँग बराबरी खेलेको थियो ।

विश्वकपमा पोर्चुगल समूह बी मा रहेको छ । उसले बलियो प्रतिद्वन्द्वी स्पेन, मोरक्को र इरानसँग प्रतिश्पर्धा गर्नेछ । पहिलो खेलमा पोर्चुगलले जुन १५ मा स्पेनको सामना गर्नेछ ।