गोरखा– पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले आफ्नो गृहनगर पालुङटार– १ खोप्लाङ बेलबास पुगेर आज मतदान गरेका छन्। खोप्लाङस्थित अन्नपूर्ण मावि मतदान केन्द्रबाट डा भट्टराईले मतदान गरेका हुन् ।


ADVERTISEMENT


यस्तै सोही मतदान केन्द्रबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले पनि मतदान गरेका छन् । काँग्रेस केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले आरुघाट गाउँपालिकामा पुगेर मतदान गरे।


ADVERTISEMENT

# # #


यस्तै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सिरानचोक गाउँपालिका– ८ स्थित परोपकार आदर्श मावि जौवारी केन्द्रबाट मतदान गरेका छन् । महिला मात्रै रहेर वल्र्ड क्यापिटल मावि मतदान केन्द्र सञ्चालन गरिरहेका छन् । अहिलेसम्म शान्तिपूर्वक र सहज तवरले मतदात भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।